रानामगरको मुक्तकसंग्रह ‘बरनौली’ विमोचन

पाेखरा | असोज ३०, २०७९

रानामगरको मुक्तकसंग्रह ‘बरनौली’ विमोचन

पोखरा : साहित्यकार रीम रानामगरको मुक्तक संग्रह ‘बरनौली’ विमोचन गरिएको छ । 

 

नेपाल मगर लेखक संघ गण्डकी प्रदेशको आयोजनामा साहित्यकार मगरको ‘बरनौली’ मुक्तक संग्रह गण्डकी प्रदेशका वन, वातावरण तथा भू-संरक्षणमन्त्री दिपक चर्तीमगर, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का (बिखर्ची) र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति  पदमराज ढकालले सँयुक्त रुपमा विमोचन गरिएको हो । 

 

सो अवसरमा बोल्दै गण्डकी प्रदेशका वन मन्त्री चर्तीमगरले मगर समुदायका साहित्कारहरुको कृति विमोचन हुनु गौरवमय उदाहरण भएको धारणा राखे ।

 

‘मगर जातिको कला, सस्कृति, भाषा पछिल्लो समय लोपउन्मुख अवस्थामा छ’ उनले भने,‘ लोपउन्मुख अवस्थामा पुगेको मगर समुदायको भाषामा प्रकाशित कृति विमोचन गर्नुपाउनु मेरो भाग्य हो । साथै यो आफैमा गौरवपूर्ण उदाहरण हो ।’  

 

मन्त्री चर्तीमगरले पछिल्लो समय भाषा पुस्तातरण नहुँदा मगर भाषा लोप हुँदै गएको बताए । 

 

‘पछिल्लो समय अन्य भाषाको प्रभावसँगै अग्रजहरुकै हेलचक्रयाईंले मगर भाषा लोप हुँदै गएको छ, उनले भने,  ‘आफ्नो भाषालाई माया गर्न र आउने पुस्ताहरुलाई सिकाउन साहित्कारको कलम चल्न अनिवार्य छ ।’ 

 

यसैगरि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का (बिखर्ची) ले मातृभाषामा मुक्तक संग्रह प्रकाशन गरेका लेखक रानामगरलाई सफलताको शुभकामना व्यक्त गरे ।

 

‘सबै जातजातिको भाषालाई शिक्षा क्षेत्रबाट अगाडी बढाउनुपर्छ, उनले भने, ’हरेक विद्यालयमा मातृभाषा शिक्षण हुने हो भने नेपालको कुनै पनि जातिको भाषा लोप हुदैन, र सरकारको पनि त्यसतर्फ ध्यान केन्द्रित हुन आवश्यक छ ।’ 

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्